आर्थिक अभावका कारण मृगैला पीडित माझीको उपचारमा समस्या , सहयोगको अपिल

चितवन, १५ जेठ । आर्थिक अभावका कारण मृगौला पीडित मित्रलाल माझीको उपचारमा समस्या भएको छ ।

विगत चार बर्षदेखी दुबै मृगौला फेल भएका माझी यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अनुयविनय गरिरहेका छन् । ४१ बर्षिय माझी परिवार आर्थिक रुपमा कमजोर छन् । वैदेशिक रोजगारका लागि कतार पुगेका माझी १९ महिनामै नेपाल फर्किएका थिए । सिन्धुलीको दुधौली नगरपालिका २ परथौली घर भएका माझी परिवार १४ बर्षदेखि चितवनमा बस्दै आएका छन् ।

 

उनको १ छोरा, २ छोरी र श्रीमती छन् । कमाएर परिवार पाल्ने घरमुली नै बिरामी परेपछि विहान बेलुका छाँक टार्न समेत गाह्रो भएको श्रीमती प्रमिला माझीले बताइन् । कमाएर परिवार पाल्ने घरमुली नै बिरामी भएपछि विहान बेलुका छाँक टार्न गाह्रो भएको छ, श्रीमान्लाई उपचारका लागि लिएर अस्पताल गइरहनुपर्दा मैले समेत काम गर्न पाएको छैन – उनले भनिन् ।’

दुबै मृगौला फेल भई डायालासिस गरिरहेका श्रीमान्को उपचार खर्च हप्तामै १ लाख ११ हजार सम्म लागेको उनले बताइन् । आर्थिक अभावका कारण अब उपचार गर्नसमेत नसक्ने अवस्थामा पुगेको भन्दै उनले सहयोग गरिदिनुहुन सहयोगी मनहरुलाई आग्रह गरिन् ।
मित्रलालको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो। –00–

Share:

सम्बन्धित समाचारहरु