भारत भ्रमणबारे प्रधानमन्त्रीदाहालले लिए पूर्व प्रधानमन्त्रीहरुसँग सल्लाह सुझाव

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन् ।

सिंहदरबारमा भएको छलफलपछि नेपाल समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छिमेकीसँग राम्रो वातावरण बनाउन सुझाव दिएको बताए ।  उनले भने, ‘सीमा समस्या छ । व्यापार पारवहाका कुरा छन् । खुला सिमाना, परराष्ट्रसम्बन्धी सबै कुरालाई समाधानका गर्नुपर्छ ।’

ईपीजीको प्रतिवेदन ग्रहण गर्न सुझाव दिएको बताए ।

उनले थपे, ‘प्रधानमन्त्रीको भ्रमणको दुई- तीन दिनअघि सुझाव दिनु त औपचारिकतामात्रै हुन्छ । कुटनीतिक तहबाट जस्तो तयारी भएको छ । त्यही हुने हो । हामीले जति सुझाव दिएपनि केही हुँदैन ।’ प्रधानमन्त्रीले ऊर्जासँग सम्बन्धी धेरै प्राथमिकता दिएको बताए ।

उनले भने, ‘हामी नेपालीको बानी फेरि उत्पात हुन्छ भन्छौं तर, त्यस्तो हुँदैन । यो क्रमशस् हुने कुरा हो । सम्बन्ध चिसिएको । त्यो आइसब्रेकमात्रै भयो भने पनि सुरुआत हुन्छ । बढी अपेक्षा गर्नु हुँदैन ।’ बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनालसहित शीर्ष नेताहरू सहभागी छन् । आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।–00–

Share:

सम्बन्धित समाचारहरु