खैरहनी, ६ जेठ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ मा दोश्रो पटक बोलाएको छैठौं अधिवेशन पुनः स्थगीत भएको छ । शुक्रवार साँझ सम्म मतदान प्रकृयावाटै भएपनि उम्मेदवार छान्ने निर्वाचन टिमले निर्णय गरेपनि उम्मेदवारहरु मतदान स्थलवाट निस्किएपछि अर्को सूचना जारी नभए सम्मका लागि अधिवेशन स्थगीत भएको निर्वाचन संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए ।
सभापति पदमा ८ जनाले उम्मेदवारी दिएका थिए । उप सभापति, सचिव, सह सचिव र कोषाध्यक्ष पदका लागि मतदानगर्ने तयारी थियो । उप सभापति पदमा ७ जनाको उम्मेदवारी परेको थियो । सचिवमा दुईजना, सह सचिवमा दुईजना र कोषाध्यक्ष पदमा पनि दुइजनाको उम्मेदवारी परेको थियो । पटक पटक सहमतिका लागि प्रयास गरिएपनि सहमति नजुटेपछि मतदान प्रकृया अगाडी बढेको थियो । मतदान प्रकृया अगाडीबढे लगतै उम्मेदवारहरु हल छाडेर बाहिरिएपछि अधिवेशन स्थगीत गर्नुपरेको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिए ।
अधिवेशनले दशजना जिल्ला प्रतिनिधि भने सर्वसहमत चयन गरेको छ । जिल्ला प्रतिनिधिमा प्रदीपकुमार चौधरी, राजकुमार चौधरी, मुकुन्दप्रसाद चौधरी,धनबीर चँौधरी, अर्जुन प्रसाद चौधरी, विजय चौधरी, बविता चौधरी,चन्द्राकुमारी चौधरी, शान्ति कुमारी चौधरी र जीवन चौधरी रहेका छन् ।
यस्तै सभापति पदका लागि उम्मेदवारी दिएका चुडामणी चौधरीको नाममा परेको दावि विरोधमा छानविन समितिले छानविन गर्दा सत्यतथ्य हठर भएमा स्वयम चुडामणी चौधरीनै जिम्मेवार हुने निर्वाचन मण्डलले निर्णय गरेको छ । यस्तै अधिवेशनमा कोषाध्यक्ष भिखु चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदननलाई सर्वसहमतले अनुमोदन गरेको छ । –00–


