दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा अस्पताल लगिन माडीको मेयरले

चितवन, २९ बैशाख । बाटो काट्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेकी एक घाइतेलाई माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले आफ्नो सुविधाको गाडीमा अस्पताल पुर्याउनुभएको छ ।

 

चित्तौन कचेहेरी नामको एक कार्यक्रममा प्यानल वक्ताका रुपमा सहभागी भई माडी फर्किनेक्रममा आफ्नै अगाडि दुर्घटनामा परेकी महिला देखेसंगै उनलाई तत्कालै उद्धार गरी नगरप्रमुख महतोले अस्पताल पुर्याउनुभएको हो । बागमती प्रदेश ३ ००५ ११८३ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर- ७, कृष्णपुरमा डेरा गरी बस्ने संखुवासभा निवासी बर्ष ३५ का बबिता राई घाइते भएकी थिइन् ।

 

घाइतेको टाउको र खुट्टामा चोट लागेको थियो । तत्कालै एम्बुलेन्स नपाइएसंगै नगरप्रमुखले गाडी फर्काई घाइतेलाई अस्पताल लगेर उपचारमा सहजिकरण गर्नुभएको हो ।–00–

Share:

सम्बन्धित समाचारहरु