दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरी नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको लोकतान्त्रिक समाजवादी पार्टिका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जानकारी दिए। चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।
संविधानको धारा १६८९२० अन्तर्गत सरकार गठनका लागि आह्वान भए बमोजिम चौधरीले बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। चौधरिलाई ८ राजनितिक दलका ५२ र एक स्वतन्त्र सान्सद सहित ५३ सांसदको समर्थन रहेको छ।
बिहिबार नियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने भएका छन्।–00–


