काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राडरप्राविधिकरहवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्नेछन् ।
वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ । –000–

