हिमपहिरोमा परेर ज्यान गुमाएका चितवनका दुईजनाका शव परिवारले बुझे, आजै अन्तेष्टि गरिदै -भिडियो सहित

चितवन । सहकारीवाट सिक्किम भ्रमणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका चितवन कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलका दुईजनाको शव परिवारले बुझेका छन् ।

आज विहान शव घर ल्याइएको हो । दुवैजनाको आजै अन्तेष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

 

पुर्वी चितवनको कालिका नगरपालिका-६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको थियो । नेपाली समय अनुसार मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन । उनिहरु दुबै कालिका(६ खोलेसिमलका हुन । लामिछाने सो सस्थाका कार्य समिति सदस्य समेत थिए । हिम पहिरोमा रुपन्देहीकि मुना शाह श्रेष्ठको पनि मृत्यु भएको थियो । अन्य ४ जना मृतक भारतीय रहेका थिए ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु