चितवनका रास्वपाको चुनावी अभियान सुरू, मतदातामाझ एकसाथ देखिए रवि र स्वर्णिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो चुनावी अभियान सुरू गरेको छ । आज सो पार्टीका सभापति रवि लामिछाने र हालै पार्टी प्रवेश गरेका अर्थविद डा. स्वर्णिम वाग्ले चितवनका मतदातामाझ एकसाथ प्रस्तुत भए ।

 

रविले फोहोर राजनीतिलाई सफा गर्नका लागि स्वर्णिम जस्ता व्यक्तिहरू साहस गरेर आएको भन्दै आफूहरूलाई विश्वास गर्न मतदातालाई आग्रह गरेका थिए ।

त्यस अवसरमा वाग्लेले पाँच महिनाकै प्रयासमा ठूलो धक्का दिएर राजनीतिमा चमत्कार गरेको भन्दै रविको प्रशंसा गरे ।

उनले भने, ‘हामी पनि उहाँलाई होस्टेमा हैंसे गर्न दिनलाई भनेर आएका छौं । देशमा कुशासनको विकृति, हरेक नियुक्तिहरू बिक्री गर्ने परिपाटी र सार्वजनिक संस्थाहरू कब्जा गर्ने काम अब बन्द हुनुपर्छ । अब हामी भ्रष्टाचारको फाइलहरू खोल्नेछन् । त्यसैले सबै त्राहिमाम भएर बसेका छन् ।’

Share:

सम्बन्धित समाचारहरु