चितवन, २६ माघ । न्यू क्यापिटल कलेज रत्ननगरमा साइबर सचेतना सम्बन्धी कार्यक्रम हुने भएको छ । डिजिटल ग्रीन नेपालको आयोजना र न्यू क्यापिटल कलेजको सहकार्यमा एक दिने साइबर सचेतना कार्यक्रम भोलि (शुक्रबार) हुन लागेको हो ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको सहयोगमा हुन लागेको कार्यक्रममा युवा विद्यार्थीहरुलाई साइबर सुरक्षाबाट कसरी जोगाउने र प्रविधिको प्रयोगमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रशिक्षण दिइने छ ।
विद्यार्थीहरुलाई लन्डनमा मास्टर्स डिग्री गरेर १२ वर्षदेखि आइटी क्षेत्रमा अनुभव बटुलेका Avishkaram Technologies का टेक्निकल प्राजेक्ट म्यानेजर सुलभ पौडेलले प्रशिक्षण दिनेछन् । यस्तै डिजिटल ग्रीन नेपालका अध्यक्ष उपेन्द्रराज कुइकेलले पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिने छन् ।
उनी वल्र्डवाइड नेचर कन्जर्भेसन नेपाल र रैठाने एग्री प्रोडक्ट्स नेपालको सञ्चालक समितिका सदस्य समेत हुन् । त्यस्तै फाउण्डर÷टेक्निकल आर्किकटेक पल्लभ शर्माले विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिनेछन् । पल्लभसंग आइटी क्षेत्रको १३ वर्षको अनुभव छ । उनी नेपाल, अष्ट्रेलिया, अमेरिका, भारतलगायतका देशमा आफ्नो क्षमता देखाइ सकेका छन् ।
त्यसैगरि बिजनेश डेभलपमेन्ट अफिसर सुमित्रा खड्काले प्रशिक्षण दिने छिन् । उनीसंग आइटी क्षेत्रमा ५ वर्षको अनुभव छ । उनी पब्लिक स्पिकर समेत हुन् । कार्यक्रम विहान ११ बजेदेखि कलेज परिसरमा हुनेछ ।