मनोजकुमार पाण्डेलाई ७ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा मनोजकुमार पाण्डेलाई ७ वर्ष कैद सजाय तोकेको छ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण घटनाका आरोपी मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा सजाय निर्धारण गरेको हो ।

पाण्डे विरुद्ध गत असार १ गते जिल्ला अदालत काठमाडौँमा मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको कसुरमा दुई वटा मुद्दा परेका थिए । माघ १० गते भएको फैसलाले बाल यौन दुरुपयोग कसुरमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको थियो । मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो ।

एक सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा आयोजक रहेका पाण्डेले बलात्कार गरेको भन्दै एक युवतीले ८ वर्षपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । हदम्याद नाघेकाले उनलाई मानव बेचबिखन मुद्दा चलाइएको हो । सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा बलत्कार भएको दाबी गरेकी युवतीविरुद्धको घट्नामा मानव बेचबिखनविरुद्धको मुद्दा र प्रहरी सम्पर्कमा आइ उजुरी दिएकी अर्की नाबालिकाको हकमा बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको थियो।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु