रवि लामिछानेको समर्थनमा चितवनको भरतपुरमा आज प्रदर्शन -भिडियो सहित

चितवन । रवि लामिछानेको समर्थनमा चितवनको भरतपुरमा आज प्रदर्शन भएको छ । उनीहरुले सर्वोच्च अदालको आदेश विरुद्ध नाराबाजी समेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको नेतृत्वमा भएको प्रदर्शन भएको हो । पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शनसँगै भरतपुरमा मोटरसाईल ¥याली निकालेका छन् ।

भरतपुरको विशाल चोकवाट निस्किएको ¥याली बाइपास सडक खण्ड हुँदै मालपोत चोक, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ । यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए ।

पार्टीका जिल्ला सचिव कृष्ण भुषालले रविको समर्थनमा शान्तिपूर्वक र्‍याली निकालिएको भन्दै सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले पार्टीको केन्द्रीय निर्णय अनुसार थप कदम चाल्ने बताए ।

४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उम्मेदवारीमा दाबी विरोध गर्ने समय गुज्रिसकेको, तर मतदान हुन बाँकी रहेको अवधिमा लामिछानेसँग नेपाली नागरिकता नै नरहेको भन्दै उजुरी परेको थियो ।

निर्वाचन आयोगले निर्णय नगर्दै निर्वाचन परिणाम आयो र, आयोगले संवैधानिक इजलासले हेर्ने भन्दै तामेलीमा राख्यो । यही मुद्दा सर्वोच्च अदालतमा पुर्‍यो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्जर खतिवडा र आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्याग गरेको विधिवत जानकारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई नदिएको र नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिई प्रक्रिया पनि पुरा नगरेको भन्दै अदालत सम्म उनको केश पुगेको थियो ।

अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२०) (३० ) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतले फैसला सुनाएको थियो । ((००)०

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु