लियो इन्टिमेसी युथ क्याम्प माडीमा हुने

चितवन, १० माघ । ‘लियो इन्टिमेसी युथ क्याम्प–२०२३’ तीन दिनसम्म चितवनको माडीमा हुने भएको छ । लियो जिल्ला परिषद् ३२५ आर नेपालको आयोजना र लियो क्लव अफ नारायणगढ चित्रवनको होस्टमा ‘लियो इन्टिमेसी युथ क्याम्प’ हुन लागेको हो ।
क्याम्पको पहिलो दिन देवघाटमा समुद्घाटन कार्यक्रम रहेको छ ।

उद्घाटन पश्चात क्याम्पमा सहभागिहरुलाई देवघाटदेखि नारायणगढ पुलसम्म नारायणी नदीमा ¥याफ्टिङमा शयर गराइने छ । त्यसलगत्तै सहभागिहरु माडी प्रस्थान गर्ने र माडीस्थित अयोध्यापुरी सामुदायिक होमस्टेमा बास बस्ने व्यवस्था मिलाईएको होस्ट क्लव लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लियो विमोचन आचार्यले जानकारी दिए । दोस्रो दिन माडीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गराइने छ ।

 

विहान वैकुण्ठ ताल र रामजानकी धाम भ्रमण गराइनुको साथै दिउँसो सोमेश्वरगढी हाइकिङ र क्याम्प फायर कार्यक्रम रहेको आचार्यले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन विशेष व्यक्तित्वको अनुभव आदान प्रदान गराइने र दिउँसो क्याम्पको औपचारिक रुपमा समापन गरिने आचार्यले बताए । लियो सदस्यहरुबीच आत्मीयता बढाउनुको साथै नयाँ ठाउँको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप युथ क्याम्प आयोजना गरिएको लियो जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष लियो पुरुषोत्तम सुवेदीले बताए । ‘लियो जिल्ला परिषद् ३२५ बी टु हुँदा पनि यस्तो क्याम्प भइरहन्थ्यो, हाम्रो नयाँ जिल्ला गठन भएसंगै यो पहिलो युथ क्याम्प गर्न लागिएको हो’–सुवेदीले भने ।

युथ क्याम्पमा ४० जना लियो सदस्यहरुले सहभागिता जनाउँदै छन् । कार्यक्रमको सहयोगी संस्थाहरुको रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढ, शुभ पेट्रोल्याण्ड लायन्स चोक, सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.,पन्त एण्ड सन्स हार्डवेयर सप्लायर्स, चिया दरबार, एसियन फार्मेसी, आलु पट्याटो चिप्स, विन्दबासीनी इन्टरनेशनल इन्स्टिच्युट, माडी नगरपालिका र विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु