थारु समुदायले मनाए समा चकेवा पर्व

काठमाडौं, २२ कात्तिक ।

थारु समुदायको महानपर्व ‘समा चकेवा’ थारु समुदायले मनाएका छन् । तराई र मधेशमा मनाउने यस पर्ब आज काठमाडौंमा विभिन्न सास्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

पर्वको अबसरमा थारु महिला समाज, नेपालले माइतीघरमा झाँकीसहित नाचगान गरी संस्कृति प्रदर्शन गर्दै र्यालीसहित बाग्मती नदी कुपण्डोलमा सम्पन्न गरेको हो ।

तराई–मधेश क्षेत्रमा मात्रै नभई यो पर्व अहिले काठमाडौंमा पनि मनाउन थालिएको छ । थारु महिला समाजकी अध्यक्ष गीता चौधरीका अनुसार काठमाडौंमा थारु महिला समाजले २० वर्षदेखि काठमाडौंको कुपण्डोल, बल्खु, टीकाथलीमा समा चकेवा खेल्ने गरेका छन् ।

‘गाउँघरमा मात्रै होइन, थारु समुदाय जहाँ बसेपनि यसको मौलिकता नहराओस् भनेर हामीले संघीय राजधानी काठमाडौंमा पनि समाचकेवा बनाएका छौं । विगत २० वर्षदेखि हामी थारु महिला समाज काठमाडौंको कुपण्डोल, बल्खु, टीकाथलीमा सामाचकेवा खेल्दै आएका छौं,’ उनले भनिन् ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु