रत्ननगर, १५ असोज
यस वर्ष दशैमा भारी बर्षाको संभावना रहेको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बर्षाको कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको समेत जनाएको छ ।
हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा रहेको र त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।
मौसमविद विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने बताए । यसबीचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको छ ।