खैरहनी । पूर्वी चितवनको खैहरनी नगरपालिका वडा नं. ९ बैहरनीमा जितीया विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बैरहनी युवा क्लबले आयोजना गरेको कार्यक्रममा थारु दिदी बहिनीहरुले झम्टा पारेर रमाइलो गरेका थिए ।
कार्यक्रममा स्थानीय गायकहरु रोहित सिंह चौधरी, प्रकाश चौधरी, रुविना चौधरी, सुजन गुरुङ, विश्व चौधरी, फिलिप चौधरी लगायतको प्रस्तुती थियो ।
हमार भाषा, हमार संस्कृती, साँस्कृति बचावके हमार अभियान नारा सहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाको पूर्व सदस्य चन्द्राकुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
उहाँले चाडपर्वलाई संरक्षणगर्ने जिम्मा र दायित्व नयाँ पुस्तालाई रहेको बताउनुभयो ।
सुमित्रा महतोले संचालन गरेको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष बन्धुराम महतो, राममणी न्यौपाने, राजेन्द्र प्रसाद बुर्लाकोटी, वडा सदस्य नविन चौधरी, पूर्व राष्ट्रिय खेलाडी जीवन लामा लगायत सहभागी थिए ।
क्लबका अध्यक्ष विक्रम पन्जियार महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कलाकार एवम गायक गायिका शारदा चौधरी, विका महतोको पनि प्रस्तुती रहेको थियो ।
ब्रम्हस्थानी टोल बिकास समितिका अध्यक्ष साथै क्लबका सदस्य सुनिता चौधरीले स्वागत मन्तव्य व्यक्त गनुभएको कार्यक्रममा वडा अध्यक्ष बन्धुराम चौधरीले
यो बर्ष जितियामा कुनै पनि बजेट छुट्टाउन नसकेको र अब आउने बर्षमा वडा बाटै जितीया कार्यक्रम गर्ने प्रतिबदता जनाउनु भयो ।