८ श्रावण २०७९, आइतबार
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार बस बाटोबाट तल खसेको छ ।
बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ ।