रोल्पा, असार २८
लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड लागतमा तीन वर्षअघि स्थानान्तरण भएको रोल्पाको एकीकृत बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका(१ झंकीधाराका १० घर क्षतिग्रस्त भएका छन् भने त्यहाँको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ ।
आर्थिक वर्ष २०७६୵७७ मा निर्माण थालिएको एकीकृत बस्तीमा ४० वटा नयाँ घर निर्माण गरिएको थियो । नवनिर्मित ४० मध्ये १० घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त १० घरमध्ये चार घर पूर्ण र ६ घर आंशिक क्षति भएका छन् ।
पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि त्यहाँका ४ घरधुरी अनेत्र सारिएको छ । आंशिक क्षति भएका ६ घरधुरी भने त्यही बसेका छन् । बस्ती तल रहेको सडकले पहिरोको जोखिम बढाएको स्थानीय शिक्षक जुनिषकुमार विष्टको भनाइ छ ।
बाढी पहिरो तथा अन्य विपदबाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । विपदको समयमा आश्रय दिने उद्देश्यले निर्माण गर्न थालिएको सामुदायिक भवन आफैं पहिरोको जोखिममा परेको छ ।
यहाँका ३६५ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण गाउँपालिकाका धेरै बस्तीहरुमा धनजनको क्षति हुनुको साथै बस्तीको स्वरुप नै बदलिएका छन् ।