१५ करोड लागतमा तीन वर्षअघि स्थानान्तरण भएको रोल्पाको एकीकृत बस्ती पहिरोको उच्च जोखिममा

रोल्पा, असार २८

लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड लागतमा तीन वर्षअघि स्थानान्तरण भएको रोल्पाको एकीकृत बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका(१ झंकीधाराका १० घर क्षतिग्रस्त भएका छन् भने त्यहाँको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ ।

आर्थिक वर्ष २०७६୵७७ मा निर्माण थालिएको एकीकृत बस्तीमा ४० वटा नयाँ घर निर्माण गरिएको थियो । नवनिर्मित ४० मध्ये १० घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त १० घरमध्ये चार घर पूर्ण र ६ घर आंशिक क्षति भएका छन् ।

पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि त्यहाँका ४ घरधुरी अनेत्र सारिएको छ । आंशिक क्षति भएका ६ घरधुरी भने त्यही बसेका छन् । बस्ती तल रहेको सडकले पहिरोको जोखिम बढाएको स्थानीय शिक्षक जुनिषकुमार विष्टको भनाइ छ ।

बाढी पहिरो तथा अन्य विपदबाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । विपदको समयमा आश्रय दिने उद्देश्यले निर्माण गर्न थालिएको सामुदायिक भवन आफैं पहिरोको जोखिममा परेको छ ।

यहाँका ३६५ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण गाउँपालिकाका धेरै बस्तीहरुमा धनजनको क्षति हुनुको साथै बस्तीको स्वरुप नै बदलिएका छन् ।

Share:

सम्बन्धित समाचारहरु