बजेट सिध्याउन गरिएको हात्ती वनभोज विवादमा, भ्रष्टाचार प्रमाणित गर्न चुनौती

चितवन, असार १८

मन्त्रालयको बजेट फ्रिज हुने देखिएपछि हतारमा मन्त्रालयका सचिवको ठाडो आदेशमा सौराहामा असार १६ गते गरिएको हात्ती वनभोजको विषय विवादमा परेको छ ।

असारको झरी र बाढीमा मन्त्रालयको सचिवको ठाडो आदेशमा कुनै प्रचारप्रसार नगरी सुटुक्क वनभोज गरिएकोले सो कार्यक्रम विवादमा परेको हो । वनभोज अगाडि निकै प्रचारप्रसार गरिने गरेको भए पनि यसपटक भने वनभोज विवादमा परेपछि मात्र पत्रकारसम्मेलन गरिएको छ ।

पर्यटन प्रर्बद्धन तथा वन्यजन्तु बासस्थान समिति सौराहाले गरेको हात्ती वनभोजको क्षेत्रीय होटल संघ सौराहा सहित चार वटा संस्थाले विरोध गरेका थिए । ती संस्थाले आर्थिक हिनामिना गरेको आरोप लगाएपछि आयोजक संस्थाले आज सौराहामा पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्ने प्रयास गरेका छन् । समितिले भष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएको छ । पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष टीकाप्रसाद कँडेलले भने, ‘वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको हो । वनभोजमा भएको खर्चको बिल र भरपाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुने भएकाले आर्थिक हिनामिनाको आरोपको तुक छैन ।’

हामीले पैसा खाने मनसायले कार्यक्रम गरेका होइनौं उनले भने सौराहाको पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं । पत्रकार सम्मेलनमा हात्ती वनभोज कार्यक्रमको खर्च समेत सार्वजनिक गरिएको छ । समितिले मन्त्रालयबाट बजेट निकासा गरेको छैन् । पर्यटन मन्त्रालयका सचिव मदन कोइरालासँगको मौखिम सहमतिका आधारमा वनभोज कार्यक्रम गरिएको हो । हात्ती वनभोजमा दुई लाख २२ हजार २१४ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । ओम रिजालको ९ वटा,बछौली स्थिति सरकारी हात्तीसारका ९ वटा,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका ८ वटा,खोरसोर हात्ती प्रजनन् केन्द्रका ३५ गरी ६१ वटा हात्तीलाई वनभोज खुवाइएको समितिका सचिव राममणि खनालले जानकारी दिए ।

पर्यटन मन्त्रालयले भेला महोत्सव शीर्षकमा विनियोजन गरेको बजेट फ्रिज हुने अबस्था आएपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम आयोजना गरिएको खनालले बताए । हात्ती वनभोज कार्यक्रम गर्ने संस्था स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र आन्तरिक राजश्व कार्यालयमा दर्ता तथा पर्यटन मन्त्रालयमा सुचीकृत रहेको छ । समितिले क्षेत्रीय होटलसंघ सहित अन्य संघसंस्थासंग हात्ती वनभोज कार्यक्रम गर्दा समन्वय नगरेको भन्ने विषयमा समेत प्रष्ट पारेको छ । कार्यक्रमको विषयमा क्षेत्रीय होटल संघ र युनाइटेड हात्ती सहकारीसंस्थाका नेतृत्वहरुसँग छलफल गरेको समितिका सचिव खनालले दाबी गरे ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु