झलनाथ खनालले भनेः चार पाटा मुडियोस् भन्ने गगन थापा कहाँ छन् ?

काठमाडौं, असार १३

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोखेका थिए । उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए ।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु