रत्ननगरका थारु महिलाहरुलाई ३ महिने निःशुल्क कम्प्युटर तालिम

रत्ननगर, असार १

थारु समुदायका महिलाहरुको क्षमता विकास गराई आत्मनिर्भर बनाउनका लागि बछौलिमा निःशुल्क कम्प्युटर तालिम संचालन गरिएको छ ।

रत्ननगर नगरपालिकाको थारु समुदायका महिलाहरुलाई ३ महिने निशुल्क कम्प्युटरको आधारभूत तालिम आज (बुधवारबाट) गरिएको हो । थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको आयोजनामा तालिम शुरु भएको संग्रहालय सचिव एवम कार्यक्रम संयोजक दिपेश चौधरीले जानकारी दिए ।

तालिमको अबलोकनको क्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य तथा रत्ननगर नगरपालिका वडा नं ६ का वडा सदस्य वविता चौधरीले आधुनिक सूचना प्रविधीको यूगमा महिलाहरु चुलो चौकामा मात्र सिमित नभई नयाँ प्रविधीको क्षेत्रमा पोख्त बनाउनु पर्ने बताए । २१ औं शताब्दी विज्ञान र प्रविधिको युग भएकोले कम्प्युटर तालिम अनिवार्य रहेको उनले बताए ।

थारु सास्कृतिक संग्रहालयका अध्यक्ष खिलेन्द्र राज चौधरीले यस संग्रहालयले थारु भाषा कला संस्कृतिको संरक्षण गर्नुको साथै हस्तकला तालिम र कम्प्युटर लगाएत विभिन्न तालिम दिदै आएको बताए । उनले तालिम लिन सहभागि जनाएका सम्पूर्णलाई तालिममा निरन्तर सहभागि जनाउन र विचैमा कक्षा नछोड्न आग्रह गर ।

फ्रेन्डस नेपालको आर्थिक सहयोगमा आधारभूत निशुल्क कम्प्युटर तालिम संचालन गरिएको जानकारी दिए । तालिममा ४७ जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिम विहान १० बजे देखि बेलुका ६ बजे सम्म ४ सिफ्टमा तालिम संचालन हुनेछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु