वीरगन्जबाट ११३ वटा कछुवासहित एक जना पक्राउ

पर्सा, जेष्ठ ३०

पर्सा प्रहरीले भारतबाट अवैध रूपमा कछुवा ल्याउने एक जनालाई सोमबार वीरगन्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेका छन् ।

वीरगन्ज–१६ इनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैध रूपमा १ सय १३ वटा कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट इनर्वाबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा टेमानीले मोटरसाइकलको डिक्कीभित्र हरियो रंगको झोलामा लुकाइछिपाई राखेको कछुवा बरामद भएका थिए ।

मोटरसाइकल र कछुवासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु