पूर्वि चितवनमा लागूऔषधसहित एक युवक पक्राउ

पूर्विचितवन, जेष्ठ २६

इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले आज (बिहीबार) बेलुकी ५ बजेको समयमा पूर्वि चितवनको राप्ती ५ भण्डाराबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती १, नयाँबस्तीका एकराज तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । निजको साथबाट नाइट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस र डाइजेपाम ४९ पिस लागूऔषध फेला पारी जिल्ला अदालत चितवनमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु