गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा नव निवार्चित जन प्रतिनिधिलाई सम्मान

रत्ननगर, जेष्ठ २२

गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमको गर्दै स्थानिय निकायको निर्वाचनमा निवार्चित आफ्ना शेयर सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ ।

रत्ननगर १ अबस्थित होटल पौवामा सम्पन्न भएको कार्यक्रममा २ जना वडा अध्यक्ष सहित ११ जना जना जन प्रतिनिधिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा रत्ननगर नगरपालिका वडा नं। १६ का वडा अध्यक्ष हेमराज थापा, रत्ननगर नगरपालि कै वडा नं। ७ का वडा अध्यक्ष सजना महत्तो रहेका छन् ।

त्यसै गरि वडा सदस्यहरुमा सम्मानित हुनेहरुमा रत्ननगर कै वडा नं। ३ का ईश्वर जमर कट्टेल, वडा नं। ४ का विश्वास रायमाझी, वडा नं। ९ का सबिता चौधरी, वडा नं। १६ का चिज कुमार श्रेष्ठ, भरतपुर महानगर पालिका वडा नं। ३ का सुकमाया परियार, वडा नं। ४ का कोपिला परियार, खैरहनी नगरपालिका वडा नं। ८ का अनिल श्रेष्ठ, राप्ति नगर पालिका वडा नं। ४ का रमेश श्रेष्ठ र वडा नं। ९ का लोसन तामाङ रहेका छन् । सम्मानित हुनेहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएन सम्मान गरिएको थियो ।

रत्ननगर नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष हेमराज थापा प्रमुख अतिथि रहनु भएको  कार्यक्रममा संस्थाका संचालन विष्णु प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने, संस्थाको तर्फबाट शेयर सदस्य केशबराज पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरि गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शरद कुमार महत्तोले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्गक्रमका संस्थाका अध्यक्ष मधु कुवरको सभाध्यक्षतामा सम्मपन्न भएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु