चितवन, जेठ ९
भरतपुर महानगरपालिका वडा नं २२ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी० का उमेदवार विष्णुराज महतो निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका महतोले अहिले एकीकृत समाजवादीबाट गठबन्धनबाट पुन निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका सोमबहादुर गुरुङलाई पराजित गरेका हुन् । यस वडामा ३०७४ मत खसेको थियो । महतोले १३३६ मत ल्याउँदा एमालेका गुरुङले ११८५ मत ल्याएका थिए ।