चितवनमा चैत २५ गतेदेखि टाइफाइड विरुद्ध खोप अभियान संचालन हुँदै

चैत २२ चितवन । चितवनमा यही चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज ९मंगलबार० पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जिल्लाका सबै वडा र स्थानिय तहमा चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म खोप अभियान संचालन गरिने जनाएको हो।

नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।

जिल्लाभरका रहेका ७ स्थानीय तहमा कुल ९८ वडा रहेका छन्। तहका लागि लागि जिल्लाभर ४५० खोप केन्द्र राखिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राम कुमार केशीले जानकारी दिनुभयो ।जनस्वास्थ्य अधिकृत केशिका अनुसार भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनीमा ६२, राप्तीमा ६४, कालिका नगरपालिकामा ५३, माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्र रहनेछन। उक्त केन्द्रहरुमा ९४४ जना स्वास्थ्यकर्मी र १ हजार ३९४ जना स्वास्थ्य स्वयं सेवक रहनेछन।

जिल्लाभर खोपका लागि १ लाख ९६ हजार ११ जना लक्षित गरिएको जनस्वास्थ्य अधिकृत केशिले बताए। जसमध्ये विद्यालयका बालबालिका १ लाख ५९ हजार २४६ र विद्यालय बाहिरका ३६ हजार ५६६ जना रहेका छन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु