चैत २२ काठमाण्डौ। नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी)नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्याधिक माग रहेको छ । छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् ।
गएको साउनदेखि माघसम्म सात महिनाको अवधिमै अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा पुगेकोले यसबेला आयातलाई कडाइ गर्नुपर्ने बाध्यता रहेको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । हिजो आकस्मिक रुपमा बोलाइएको छलफलमा राष्ट्र बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षण । विनिमय व्यवस्थापन विभागका प्रमुखहरुले वाणिज्य बैंकका सीईओहरुलाई निर्देशन दिएका हुन् ।
तीव्र आयातलाई नियन्त्रण गर्नकै लागि यसअघि राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म एलसी मार्जिनको व्यवस्था गरेको थियो ।