चितवनको चौनौती वितरण केन्द्रका यि क्षेत्रमा आज दिनभर विद्युत सेवा अवरुद्ध

चैत २० चितवन । चितवनको चौनौती वितरण केन्द्रका यि क्षेत्रमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रको गीतानगर फिडरबाट वितरित हुने क्षेत्रमा आज बिहान ११ बजेदेखि साँझ ६ बजे देखि सेवा अवरुद्ध हुने भएको हो । जिम्बाल चोक, कञ्चनबस्ती, हात्तीचोक र सुन्दरचोकमा पोल गाड्ने र व्यवस्थित गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु