अछाममा बलात्कारको झुठा मुुद्दा लगाएको भन्दै युवतीलाई साढे ३ वर्ष कैद सजाय

चैत १७ अछाम । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी(१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।अछामकै रामारोशन गाउँपालिका २० वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती युुवतीले गत फागुन १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।विवाहको कुरा गर्न माघ १५ गते युवक ती युवतीको घरमा गएका बेला राति एकै कोठामा सुतिरहेको अवस्थामा आफूमाथि करणी भएको आरोप युवतीको थियो ।तर अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइन् ।उनले ती युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेको देखिएकाले पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम तीन वर्ष ६ महिना कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु