चैत १५ धनुषा । धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरू सबै नाबालक हुन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्। प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार दुर्घटनामा सोही वडाका १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
एउटा मोटरसाइकलमा बढी यात्रु सवार भएको र तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।