रुसले गरेको आक्रमणका कारण आधा युक्रेनी बालबालिका विस्थापित

चैत १३ एजेन्सी । रुसले गरेको आक्रमणका कारण सबैभन्दा बढी युक्रेनी बालबालिका प्रभावित भएको छन् । युक्रेनमाथिको आक्रमण नरोकिएपछि ज्यान जोगाउन त्यहाँका ४३ लाख बढी बालबालिका अन्यत्र सरेका हुन् ।उनीहरुको अवस्था जोखिमपूर्ण रहेको संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले जनाएको छ। युद्धका कारण युक्रेनका आधा बालबालिका आन्तरिक वा बाह्य रुपमा विस्थापित भएको युनिसेफका प्रवक्ताले बताएका छन्।पछिल्लोपटक रुसले युक्रेनको पश्चिमी सहर लभिभलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको छ। यसले विशेष गरी बालबालिकासहित त्यहाँका मानिस थप त्रसित भएको युनिसेफका प्रवक्ता जेम्स एल्डरले बताएका छन्।युद्धका कारण भर्खरै सुत्केरी महिला तथा बालबालिकालाई मानिसक रुपमा विक्षिप्त बनाएको पनि उनले बताए।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा लगातार आक्रमण गर्दै आएको छ।

त्यस्तै घरवारविहीन बन्न बाध्य पारिएका बालबालिकाहरु असुरक्षित वातावरणमा रहेका, भोकमरी, यौन दुव्र्यवहार र बेचबिखनको उच्च जोखिममा परेका रहेका युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलको भनाइ छ । लगातारको युद्धले उनीहरु पढ्ने विद्यालय र स्वास्थ्य संस्थामा क्षति पुगेपछि बालबालिका आधारभूत स्वास्थ्य र शिक्षाबाट बञ्चित भएका जनाइएको छ । रुसको हमलाका कारण युक्रेनमा हालसम्म पाँच सयभन्दा धेरै शैक्षिक संस्था ध्वस्त भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार युक्रेनका ६ देखि २३ महिना उमेर समूहका चार लाख ५० हजार जना बालबालिकाले पोषणयुक्त आहार नपाएका, १४ लाख जनाले स्वच्छ पिउनेपानी नपाएका र ४६ लाख जना मानिस पानीको सीमित पहुँचमा रहेका र त्यो पनि गुम्ने सम्भावना बढेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु