दाङमा पोखरी र नदीमा डुबेर २ जनाको मृत्यु

चैत १२ दाङ। दाङमा पोखरी र नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुबै पुरुष हुन्।

घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको स्थानीय पाखरीमा डुबेर मृत्यु भएको हो।भैसीलाई पानी खुवाउन पोखरीमा गएका चौधरी नुहाउने क्रममा पोखरीमा डुबेका स्थानीयले बताएका छन्। बिहीबार साँझदेखि बेपत्ता चौधरीको शव शुक्रबार फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी दाङकै राप्त गाउँपालिकामा पनि नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। राप्ती १ माथिल्लो भालुबाङस्थित राप्ती नदीमा नुहाउने क्रममा अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापे निवासी ३० वर्षीय शुक्रराज घर्तीमगरको मृत्यु भएको हो। मृत्युका यी दुबै घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु