चितवनमा बाघको छाला तस्कर गर्ने १६ वर्षपछि पक्राउ

चैत १० चितवन । चितवनमा बाघको छाला तस्कर गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

१५ बर्ष कैद र एक लाख जरिवाना तोकी फरार रहेका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णु बहादुर गुरुङ पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गुरुङलाई २०६२ साल कार्तिक ९ गते दायर भएको बाघको छाला खरिद बिक्री गरेको मुद्धामा निकुञ्जले फरार सूचिमा राखेको थियो । गोप्य सूचनाका आधारमा उनलाई यही चैत ३ गते भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट पक्राउ गरिएको हो ।पक्राउ परेका उनलाई कारागार कार्यालय चितवनमा बुझाईएको तिवारीले जानकारी दिए ।

बि.सं. १४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।सोही मुद्धामा फरार रहेका गुरुङलाई पक्राउ गरिएको हो । सोही मुद्धाका अझै एक जना आरोपी फरार रहेको निकुञ्जले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु