सर्भरमा समस्या देखिएपछि देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चतकालका लागि बन्द

चैत्र ९ चितवन । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट हुने सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले सर्भरमा समस्या देखिएपछि सूचना निलाकेर देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको जानकारी दिएको हो ।

सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु