चितवनको माडीमा कुखुरा फर्ममा आगलागीबाट ६० लाख बराबरको क्षति

चैत ४ चितवन। चितवनको माडीमा भीषण आगलागी भएको छ ।

माडीको खैरहनीमा रहेको कुखुराको खोरमा शुक्रबार बिहान ४ः३० बजेको समयमा अचानक आगलागी हुदाँ माडी–४, खैरहनी निवासी माधव लामिछानेको कुखुराको खोर, धन्सार र गोदाम जलेर पूणर्तः नष्ट भएको छ ।

आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी ५ क्विन्टल, गँहु २ क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, एक/एक थान फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन थान सोलार प्यानल, तीन थाम ब्याट्री, एक थान, ईन्भटरलगायत जलेर नष्ट भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।यस्तै कुखुराको फर्ममा रहेको एक हजार दुई सय तयारी कुखुरा र एक हजार वटा चल्ला जलेर नष्ट भएको उनले बताए । आगलागीबाट ६० लाखको क्षति पुगेको छ मानवीय क्षति भएको छैन ।

अस्थायी प्रहरी पोष्ट खैरहनी र ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा विहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु