चितवनमा गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका सेनाका जवानको डुबेर ज्यान गयो

चैत ३ काठमाण्डौ । चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ ।

गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मृत्यु हुनेमा राष्टिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत हुद्धा खोटाङ जिल्ला खोटाङ गाउँपालिका ४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् ।

हिजो बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवालले दलदल पोखरीमा हाम फाल्नुभएको थियो ।घटनाको थप अुनसन्धान भइरहेको जनाइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु