काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव दुलालका अनुसार बीपी स्मृति भवनमा शपथ ग्रहण तथा पदबहाली समारोह हुन लागेको हो ।

