‘पार्वती’को भावुक ट्रेलर सार्वजनिक, नीता र अशोकको दिदी–भाइको कथा…

काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’को ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई दिदी–भाइको भूमिकामा प्रस्तुत गरिएको छ। अटिजम भएकी दिदी र भाइबीचको आत्मीय सम्बन्धसँगै उनीहरूले समाजमा भोग्नुपर्ने चुनौती र संघर्षलाई ट्रेलरमा भावनात्मक रूपमा देखाइएको छ।
विद्यालयमा अटिजम भएकी बालिकालाई गरिने व्यवहारदेखि समाजले लगाउने विभिन्न आरोप र त्यसबाट परिवारमा उत्पन्न हुने परिस्थितिलाई समेत ट्रेलरले समेटेको छ।
नीता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा तथा पटकथा नीता ढुङ्गानाको हो भने स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका छन्। सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्। हरिहर अधिकारी निर्माता रहेका छन्।
साहिल खानले सम्पादन तथा टिजर र ट्रेलर निर्माण गरेका हुन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन्। चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
यसअघि चलचित्रका ‘नौ तुनाको रेल’ र ‘दिदीभाइ’ बोलका गीत सार्वजनिक भइसकेका छन्। चलचित्रका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ।
https://youtu.be/-KuB-4TqujU?si=0W5tUOKkHCpj3X5o

Share:

सम्बन्धित समाचारहरु