मातृभाषा पत्रकारिता सम्मेलन: आमसञ्चार, अपांगता र आदिवासीका सवालबारे सम्मेलनमा छलफल

काठमाडौं, २६ साउन । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२६ अन्तर्गत दोस्रो दिन आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘आमसञ्चार, अपांगता र आदिवासीका सवाल : समावेशी सञ्चारका लागि सञ्चारकर्मको भूमिका’ विषयमा प्यानल छलफल सुरु भएको छ।

छलफलमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी, आमसञ्चार क्षेत्रका विज्ञ अर्जुन गिरी, डब्लुडब्लुजेकी रामकला खड्का तथा डा. प्रतिमा गुरुङ सहभागी छन्।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी कृष्णराज गहतराज ले गरिरहेका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा सञ्चालन भइरहेको तीनदिने सम्मेलनमा ४० भन्दा बढी देशका आदिवासी जनजाति पत्रकारका साथै नेपालभर क्रियाशील आदिवासी जनजाति समुदायका पत्रकारहरूको सहभागिता रहेको छ।

सम्मेलनअन्तर्गत विभिन्न समसामयिक विषयमा केन्द्रित पाँचवटा विषयगत प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले गर्नुभएको थियो। उद्घाटन समारोहमा मातृभाषा पत्रकारिताको प्रवर्द्धन, भाषा संरक्षण, सांस्कृतिक अधिकार तथा समावेशी सञ्चारका विषयमा जोड दिइएको थियो।

Share:

सम्बन्धित समाचारहरु