चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन्। उद्घाटन कार्यक्रम असार ७ गते आइतबार भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजना हुने तय गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उद्घाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। साथै, असार ६ गते शनिबार साँझ भरतपुरमै केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम पनि तय गरिएको छ।
पार्टीले असार ८ गते बिहानदेखि बन्दसत्र सुरु गर्ने तयारी गरेको भए पनि महाधिवेशनको विस्तृत तथा अन्तिम कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन।–00—


