नवलपुरमा मकैबारीभित्र भाले गैंडा मृत फेला,अनुसन्धान सुरु

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउली क्षेत्रमा एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।

स्थानीयवासीले आज बिहान भीमबहादुर दर्जीको मकैबारीभित्र गैंडा मरेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुर का अनुसार बिहान करिब ८ः३० बजेतिर गैंडा मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी, डिभिजन वन कार्यालय तथा इलाका वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृत गैंडाको शरीरमा कुनै घाउचोट वा बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । गैंडाको मृत्युको कारण खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु