शेरबहादुर देउवाले सम्पत्ति सम्बन्धी भ्रामक प्रचारविरुद्ध स्पष्टिकरण

काठमाडौँ – वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणबारे सञ्चारमाध्यममा फैलिएको प्रचारप्रति स्पष्टीकरण दिएका छन्।

देउवाले आफ्नो आधिकारिक वक्तव्यमा भनेका छन् कि “म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भइरहेको जानकारी पाएको छु। नेपाल कानुन अनुसार सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको छ।” आफ्नो फेसबुकमा लेखेका छन् ।

उनले थपे, “देशमा लोकतान्त्रिक शासन, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिता कायम रहोस् भन्ने मान्यताका लागि मेरो जीवन संघर्षमै व्यथित रहेको छ। मेरो जीवन खुल्ला पुस्तकजस्तै छ।”

पूर्व प्रधानमन्त्री देउवाले आफ्नो राजनीतिक जीवनमा भ्रष्टाचार नियन्त्रणमा खेलेको भूमिका पनि स्मरण गराए। उनले भने, “२०४८ सालमा मैले गृह मन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लागू गरेको थिएँ भने २०५९ सालमा प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू भएको थियो। यसले देखाउँछ कि म सधैं भ्रष्टाचारमुक्त समाज र पारदर्शीताका पक्षमा रहेँ।”

साथै, देउवाले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको क्रम अझै जारी रहेको जानकारी दिएका छन्। उनले सर्वसाधारणलाई अपिल गर्दै भने, “अतिरञ्जनात्मक रूपमा सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्नुहोस्। वास्तविकता समयक्रमसँगै खुल्दै जानेछ।”

उनको वक्तव्यको अन्त्यमा उनले सबैमा जय नेपालको सन्देश दिएका छन्।

Share:

सम्बन्धित समाचारहरु