बगदादबाट अमेरिकी महिला पत्रकार अपहरण, इरान समर्थित मिलिसियामाथि आशंका

काठमाडौँ । बगदाद बाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन्। इराकअमेरिका का अधिकारीहरूले उक्त घटनामा इरान समर्थित मिलिसियाको संलग्नता हुन सक्ने आशंका गरेका छन्।

अमेरिकी स्वतन्त्र (फ्रीलान्स) पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ। घटनापछि इराकी सुरक्षा निकायहरूले अनुसन्धान तीव्र बनाएका छन्।

इराकी गृह मन्त्रालय का अनुसार अपहरणकारीहरूको खोजीका क्रममा एक जनालाई पक्राउ गरिएको छ भने अन्यको खोजी जारी रहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार अपहरणकारीहरू इरान समर्थित कताइब हिज्बुल्लाह समूहसँग आबद्ध रहेको आशंका गरिएको छ। पछिल्लो समय इरान समर्थित इराकी इस्लामिक मिलिसियाहरूले अमेरिकी स्वार्थ र ठेगानाहरूलाई लक्षित गर्दै आक्रमणहरू बढाइरहेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु