काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गतको २० औँ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा उत्कृष्ट सुरुआत गर्दै विना विकेट ३८ रन जोडेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको चितवनका ओपनरद्वय डेभिट मलान र अर्जुन साउदले बलियो सुरुआत दिलाएका हुन्।
पावरप्ले सकिँदा मलान २० रनमा तथा साउद १८ रनमा अविजित छन्।
दुवै टोलीको पाँचौँ खेल –
आजको भिडन्त चितवन र जनकपुर दुवैको पाँचौँ खेल हो। फरक–फरक यात्रासहित दुवै टोली मैदान उत्रिएका छन्।
जनकपुर बोल्ट्सले यसअघिका ४ खेलमा कुनै पनि जित हासिल गर्न सकेको छैन।
उनीहरूको प्रदर्शन यसरी रह्यो—
-
काठमाण्डु गोर्खाजसमक्ष ५ विकेटले हार
-
विराटनगर किंग्सविरुद्ध ९ रनले हार
-
पोखरा एभेन्जर्सविरुद्ध २५ रनले हार
-
सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटले हार
लगातार चार हार व्यहोरेको जनकपुर आज पहिलो जितको खोजीमा छ।
चितवन राइनोजको मिश्रित नतिजा –
चितवनले भने ४ खेलबाट २ जित र २ हार दर्ता गरिसकेको छ।
उनको यात्रा यस प्रकार रह्यो—
-
पहिलो खेल: कर्णाली याक्सलाई ४ विकेटले जित
-
दोस्रो खेल: लुम्बिनी लायन्ससँग ६ विकेटको हार
-
तेस्रो खेल: विराटनगर किंग्सलाई ४८ रनले जित
-
चौथो खेल: काठमाण्डु गोर्खाजसँग ५३ रनको हार
प्लेअफमा सहज प्रवेशका लागि चितवन आजको खेल जित्न चाहन्छ भने जनकपुर प्रतियोगितामा टिकेर बस्नका लागि आजको जित अत्यावश्यक रहेको छ।


