मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना

चितवन ।


मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटमा आज बिहान करिब साढे ७ बजे सवारी दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार घटनास्थलमा केही सवारीसाधन एकआपसमा ठोक्किँदा केही व्यक्ति घाइते भएका छन् ।

प्रहरीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाइरहेको र दुर्घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु