आज केही स्थानमा भारी वर्षा, अधिकांशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अधिकांश स्थानमा भने मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशको पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

यस्तै, राति पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । राति पनि देशको पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार हाल मनसुनी वायु केही कमजोर बनेको छ भने स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ ।

Share:

सम्बन्धित समाचारहरु