चितवन । जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा भरतपुरमा झडप हुँदा २३ जना घाइते भएका छन्।
सोमबार भरतपुर महानगरपालिका अगाडि भएको भिडन्तमा १५ जना प्रदर्शनकारी र ८ जना प्रहरी घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। उनका अनुसार, सबै घाइतेहरूको अवस्था सामान्य छ र उनीहरूको उपचार चितवन मेडिकल कलेजसहित विभिन्न अस्पतालमा भइरहेको छ।
झडप नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाइफायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको बताइएको छ। प्रदर्शनकारीहरूले महानगरपालिकाको गेट फोडेर कार्यालयभित्र प्रवेश गरी तोडफोड प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
दिनभर तनावग्रस्त बनेको भरतपुरमा प्रदर्शनकारीहरूले साँझ लायन्सचोकमा टायर बालेर प्रदर्शन गरेका थिए। अहिले पनि क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रजिअ अर्यालले परिस्थिति अनुसार भोलि कर्फ्यु लगाउनेबारे निर्णय हुने बताउनुभएको छ।


