चितवन, ११ भदौ । चितवनको मेघौलीमा बिहीबार दिउँसो गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अन्दाजी ६० वर्षीय खेमबहादुर सुनारको मृत्यु भएको हो। भरतपुर महानगरपालिका–२८ मेघौली अन्द्रौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनभित्र घाँस काट्ने क्रममा उनलाई गैँडाले आक्रमण गरेको निकुञ्जले जनाएको छ।
‘हातमा हँसिया बोकेर घाँस काट्न गएका बेला घटना भएको हुनुपर्छ,’ भरतपुर–२८ का वडाध्यक्ष डण्डपाणि रिजालले जानकारी दिए।–00–


