सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएका हुन्।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई इनरुवा, विराटनगर न्युरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार बस चालक झापा, अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।–00–

 

Share:

सम्बन्धित समाचारहरु