गायक चेतन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं, ३ साउन ।

नेपाली गित संगितमा सक्रिय रहेका गायक चेतन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बर्षाको समयलाई प्रेममय बनाएर उनको “दर्के झरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

फराज अर्पनको शब्द/रचना/संगित रहेको गीतलाई कुशल मोक्तान तामाङले म्युजिक एरेन्ज गरेका हुन् ।

गीतको भिडियो छायाँङ्कन सविन तिमल्सिनाले गरेको हुन् भने म्युजिक भिडियोको सम्पादन र कलर करेक्सन राज धामीले गरेका हुन् ।

गीतको म्युजिक भिडियोको निर्देशन स्वयं गायक राईले गरेका छन् भने सहायक निर्देशन बैठक पौडेल रहेका छन् ।

गीतको म्युजिक भिडियोमा प्रविण पुरी र अनिता पराजुलीले अभिनय गरेका छन् ।

उनको यो गितलाई गायक राईले आफ्नो आगामी एल्बम स्पिड मा समाबेश गर्ने छ भने यो एल्बम दर्शेमा ल्याउने तयारीमा रहेका छन् ।

भिडियो लिंक

Share:

सम्बन्धित समाचारहरु