एक चालक सामान्य घाइते, दुबै सवारी साधनमा क्षति

चितवनको मिलिजुली चोकमा सवारी दुर्घटना: माइक्रो नहरमा खस्यो, दुध बोक्ने गाडी पल्टियो

चितवन, असार २२ –
चितवनको भरतपुर महानगरपालिका–५ स्थित मिलिजुली चोकमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। सितारामचोकबाट तोरीखेततर्फ गइरहेको दुध बोक्ने गाडी र भित्री शाखा सडकबाट आइरहेको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

मधेस प्रदेश ०३–००१ च ८४२४ नम्बरको दुध बोक्ने गाडीले ना १ ज ८७६८ नम्बरको माइक्रोबसलाई ठक्कर दिँदा दुध बोक्ने गाडी सडकमा पल्टिएको र माइक्रो गाडी नारायणी लिफ्ट सिचाइको नहरमा खसेको प्रहरी जनाएको छ।

दुर्घटनामा दुध बोक्ने गाडीका चालक तनहुँ घर भई हाल भरतपुर–८ गौरीगञ्ज बस्ने ३५ वर्षीय याम ब राना सामान्य घाइते भएका छन्। उनको खुट्टा र कम्मरमा चोट लागेको र उपचारका लागि उनलाई सरकारी अस्पताल भरतपुर पठाइएको छ। उपचारमा उनका साथी निश्चल शाही पनि संलग्न छन्।

माइक्रोबस चालक स्याङ्जा घर भई हाल भरतपुर–१२ सूर्यचोक बसोबास गर्ने ३५ वर्षीय पिताबर पाण्डेलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी निरीक्षक मिनादेवी राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो। सो स्थान गितानगर प्रहरी कार्यालयबाट करिब १.५ किलोमिटर उत्तर–पश्चिम पर्छ।

हाल दुबै सवारी साधनमा क्षति भएको र घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु